नेपालगन्ज – चलचित्र ‘छक्का पञ्जा ४’ ले आक्रमक ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन आज शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र बिहानका केही शो हरुमा ५०% देखि ६०% को अकुपेन्सी गरेता पनि दिउँसोदेखि अधिकांश हलहरुमा हाउसफूलको व्यापार गरेको छ ।
नेपालगन्जको हकमा भने आज चलचित्रले हाउसफुल नजिक र हाउसफुलको व्यापार गरेको छ । आजको दर्शक उपस्थिति हेर्दा भोलिको सम्पुर्ण शो हरु हाउसफुल हुने अनुमान रहेको हलका म्यानेजर सन्जिब शाक्यले बताए। शाक्यका अनुसर चलचित्र हेर्ने सबैले चलचित्र राम्रो र रमाइलो बनेको बताए ।
दिपकराज गिरी र दिपाश्री निरौला निर्मित चलचित्र ‘छक्का पञ्जा ४’ लाई दर्शकको प्रतिक्रिया सकारात्मक छ ।
देशभरीका हलमा युवादेखि वृद्धवृद्धाको उपस्थिति बाक्लो छ । दर्शकले चलचित्र र चलचित्रमा समाबेश सम्बादलाई खुलेर इन्जोय गरेका छन ।
चलचित्रमा दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, राज आचार्य, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई निर्देशक हेमराज विसीले निर्देशन गरेका हुन् ।