चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर शुक्रबार सार्वजनिक भएको थियो । रिलिज भएको चौबिस घण्टा नबित्दै चलचित्रको ट्रेलर युटुव ट्रेन्डिङको शिर्ष स्थानमा यो समाचार तयार पार्दा सम्म पनि छ । ‘छक्का पञ्जा ४’ को प्रोमोलाई १४ लाख नजिक बढीले हेरेका छन्, जुन भ्युज उच्च हो ।
ट्रेलर हेर्नुभयो ?
प्रदर्शन मिती फागुन १९ रहेको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज विसीले निर्देशन गरेका हुन् । मल्टीस्टारर चलचित्रमा दिपकराजसँगै केदार घिमिरे, वेनिशा हमाल, मलिना जोशी लगायत अन्य कलाकारहरुको अभिनय छ । केदार र निर्मल शर्मा चलचित्रको कार्यकारी निर्माताको रुपमा छन् ।