निर्देशक सुदर्शन थापालाई पुत्र लाभ भएको छ । शनिबार, शिवरात्रीको दिन थापा पत्नी सुप्रिया कटुवालले पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन हस्टिपलमा छोरालाई जन्म दिएकी हुन् । शनिबार करिब साढे ११ बजेतिर शल्यक्रिया मार्फत २.६ केजीको पहिलो सन्तान छोराको आगमनको खुसी साट्दै ‘शिवरात्रीमा जन्मिएको भएर छोराको नाम ‘प्रियदर्शन’ राखेको थापाले बताए । आमा र बच्चाको अवस्था सामान्य छ सुदर्शनले भने । केही दिनमा अस्पतालले डिस्चार्ज गर्ने उनको विश्वास छ ।

मोडल तथा टेलिभिजनकर्मी सुप्रियासँग सुदर्शनले गत दुई बर्ष अगाडी बिबाह गरेका थिए । बिहे भएको दुई वर्षमा उनीहरुको पहिलो सन्तानको रुपमा छोरा जन्मिएको हो । सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ प्रदर्शनको तयारीमा छ।