Close sidebar

चलचित्र ‘ए साथी सुन’को टाईटल गीत सार्वजनिक

फाल्गुन ७, २०७९

आउदो चैत १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए साथी सुन’को पहिलो गीत सार्वजनिक भएको छ । रमेश बानियाँ र वर्षा सिवाकोटी रोमान्टिक भावमा प्रस्तुत भएको गीतमा सुरज अधिकारीको संगीत र रविना मगरको शब्द रचना छ भने अञ्जु पन्त र किरण भुजेलको युगल स्वर छ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

लभस्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको चलचित्रमा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायतको अभिनय रहेको छ । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रको निर्माता बीना कार्की र सन्तोषकुमार राई हुन् भने सह-निर्मातामा सञ्चारकर्मी सुदीप पौडेल रहेका छन् ।

राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, दीर्घ खड्का र मिराज अर्यालको सम्पादन, राजेन्द्र मोक्तानको कलर, दिनेश विष्टको भिएफएक्स, भरत कँडेलको साइन्ड डिजाइन छ । चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गर्ने छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया