चलचित्र ‘बुलाकी’ को टिजर सार्वजनिक भएको छ । आउँदो बैशाख १ गते प्रदर्शनमा आउने चलचित्रको टिजर रिलिज गरिएको हो । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ मा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । चलचित्रमा सुरक्षाका अलावा लक्ष्मी गिरी,रमेश बुढाथोकी, नरेन खड्का, विराज बिष्ट, सरस्वती खत्री, प्रकाश कंडेल लगायत कलाकारहरुको अभिनय छ ।
टिजर हेर्नुहोस्
मोती विष्टको प्रस्तुती रहेको ‘बुलाकी’मा तोपेन्द्र बिष्टको निर्माण छ । राज बहादुर सानेको कथा रहेको चलचित्रको टिजरले कर्णाली भेगको एक गाउँले महिलाको संघर्ष,पिडा र भावनाको कथा बोलेको देखिन्छ ।