Close sidebar

चलचित्र ‘ह्यारीकी प्यारी’ आजबाट देशभरका हलमा

माघ २०, २०७९

चलचित्र ‘ह्यारीकी प्यारी’ आजबाट देशभरका हलहरुमा रिलिज भएको छ। चलचित्रमा जितु नेपाल र सम्राज्ञी राज्यलक्ष्मी शाहको प्रमूख अभिनय रहेको छ।

दन्त चिकित्सक डा. कपिल रिजाल निर्देशित यो चलचित्रमा जितु र साम्राज्ञीका अलावा बिजय बराल लगायतको प्रमुख अभिनय रहेको छ । बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अन्य कलाकारहरु लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको पनि अभिनय रहेको छ ।

डा. रिजालले लेखेको कथामा सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यू निरवीले संयुक्त पटकथा तथा संवाद लेखेका छन् । कपिल बरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजालका छोरा हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया