लेडी एक्सन चलचित्र आँधी तुफान २ यही माघ २७ बाट प्रदर्शनमा आउने भएको छ । सयौ कथा लेखेका मौनता श्रेष्ठले लेखेको लेडीज एक्सन चलचित्र आँधीतुफान २ लाई मदन घिमिरेले निर्देशन गरेका हुन । निर्माता समेत रहेका मौनता श्रेष्ठले आँधीतुफानमा नयाँ पुस्ताका नायिकाहरुलाई लिड क्यारेक्टरमा प्रस्तुत गरेकाछन् । चलचित्रको नायिकामा याङसु श्रेष्ठ ,सोनी बिसी ,आरती आचार्यको प्रमुख भूमिकामा रहेका छन् ।
आँधीतफान २ को पटकपटक रिलिज डेट सर्दै आएपनि अब भने चलचित्र माघ २७ मा रिलिज गर्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले चित्रभित्रलाई जानाकरी दिएका छन् ।