Close sidebar

चलचित्र ‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक

माघ १६, २०७९

चलचित्र ‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ ।  कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा नायिका स्वस्तिमा खड्का र नव-नायक राज आचार्यको दमदार नाच हेर्न सकिन्छ  । दर्शन सलाम बोलको गीतमा दिपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द रहेको छ भने  स्वर डेविड शंकर र सहिमा श्रेष्ठले दिएका छन् ।

सार्वजनिक गीतमा निर्देशक/अभिनेत्री दिपाश्री निरौला, दिपाराज गिरि लगायत कलाकारहरु निर्मल शर्मा, केदार घिमिरे माग्ने बुढा र बुद्धि तामाङ हैटको पनि प्रस्तुति रहेको छ  । नरेन्द्र मैनालीको छायाँकन रहेको गीतको भिडियोलाई अंकित खान ठकुरीले सम्पादन गरेका हुन् ।

चलचित्रको  पहिलो गीतमा ‘छक्का पञ्जा ४’ का नायिकाहरु बेनिशा हमाल र मलिना जोशीलाई देखाइएको छैन । हेमराज विसी निर्देशित चलचित्र  चुनावी परिवेशमा बनेको  अनुमान लगाउन सकिन्छ । चलचित्र आउदो  फागुन १९ गतेदेखि प्रदर्शन  हुँदैछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया