Close sidebar

‘डिसेम्बर फल्स’ उत्कृष्ट निर्माणका लागि ‘डु अर डाइ’को अवस्थामा पुगेका रिजाल

पुस १२, २०७९

नेपालगन्ज : नेपाली चलचित्र क्षेत्रमा निर्माताको रुपमा छुट्टै पहिचान बनाएका निर्माता हुन् रामप्रसाद रिजाल। चलचित्र ‘धुवाँ यो नशा’बाट निर्माताको रुपमा नेपाली रजतपटमा डेव्यू गरेका रिजालको यात्रा चलचित्र क्षेत्रमा झन्डै ८ वर्ष भइसक्यो।

यो ८ वर्षको समयमा चलचित्र ‘कसम’ जस्ता चलचित्रहरु निर्माण गरेका रिजालले पुनः नयाँ चलचित्र निर्माण गरेका छन् । उनले निर्माण गरेका नयाँ चलचित्र हो ‘डिसेम्बर फल्स’। जुन चलचित्र आगामी पौष १५ गतेबाट प्रदर्शनमा आउँदैछ। फर्स्टलुक र टिजरले एक खालको तरंग मच्चाएको ‘डिसेम्बर फल्स’को केही हप्ता अघि गीत र ट्रेलर समेत रिलिज गरिएको थियो। गीत र ट्रेलरलाई समेत दर्शकले निकै रुचाएका छन् ।चलचित्रमा चकलेटी नायकको छबि बनाएका नायक आर्यन सिग्देल र नायिका उपासना सिङ ठकुरीको मुख्य भुमिका रहेको छ।

चित्रभित्र सङ कुरागर्दै रिजालले भने चलचित्र निर्माण गर्ने कल्पना सजिलो छ तर कथाको माग र त्यसको परिपुर्ति गर्न धेरै गाह्रो । कुनै समय लाखमा बन्ने चलचित्र अहिलेको समयमा करोडौं खर्च गर्दापनि आफ्नै लगानी सुनिश्चित गर्नै हम्मे-हम्मे पर्छ । तर चलचित्र डिसेम्बर फल्सको पुर्ण निर्माण त उत्कृष्ट दृश्यका लागि हामीले चलचित्रको कुनै पनि दृश्यमा कन्जुस्याइँ गरेका छैनौँ । एउटा गीतका लागि ३० लाख भन्दा बढि खर्च भएको छ भने चलचित्रको १ मिनेट क्लाईमेक्सका लागि हामीले १० लाख भन्दा बढि खर्च पनि गरेका छौँ,पहिलाका आफूले बनाएका चलचित्रमा भन्दा यो नयाँ चलचित्रमा निकै मिहेनत गरेको रिजाल बनाउँछन् । ‘डिसेम्बर फल्समा एउटा निर्माताले निभाउनुपर्ने भुमिका सबै निभाएको छु । ‘डिसेम्बर फल्सलाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकि छैन। हामीले कुनै पनि कुरामा सम्झौता गरेका छैनौं। त्यसैले हाम्रो चलचित्रलाई दर्शकले रुचाउनेमा हाम्रो टिम ढुक्क छ ।

त्यसो त, निर्माता रिजाल यो चलचित्रबाट निकै आशावादी समेत छन्। यो चलचित्र नचलेमा चलचित्र निर्माणबाट हात झिक्न सक्ने पनि उनी बताउँछन् । प्रेम, द्वन्द , सस्पेन्स र कमेडीको पूरा प्याकेज दर्शकले यस् चलचित्रमा हेर्न पाउने पनि रिजालको भनाइ छ।

प्रबिन झाले निर्देशन गरेको यस् चलचित्रमा बिपिका खनालको कथा रहेको छ। आर्यन र उपासनाका अलावा मुख्य यस् चलचित्रमा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्मातामा भने लक्ष्मण रिजाल र असिम काफ्ले रहेका छन् ।श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई महेश आर गुप्ताले खिचेका हुन् भने बनिश शाहको चलचित्रमा सम्पादन रहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया