Close sidebar

रोमान्टिक बनेका करिष्मा मानन्धर र धिरेन शाक्यको ‘भोलि भन्ने नआउला कतै’ रिलिज

पुस ८, २०७९

अभिनेत्री करिष्मा मानन्धर र अभिनेता धिरेन शाक्यले लामो समय पछि एकसाथ स्क्रिन सेयर गरेका छन। ‘भोलि भन्ने नआउला कतै’ बोलको गीत मार्फत उनिहरुले पुन: सहकार्य गरेका हुन्। तोप्देन भुटिया र रानी शाक्यको आवाज रहेको गीतमा करिष्मा र धिरेन रोमान्टिक बनेका छन। पुरन गिरीको शब्द, दिवश गुरूङको संगीत, ड्यानिएल गडालको एरेन्ज रहेको गीतलाई गायिका रानी शाख्यकै अफिसियल युटुव च्यानलमा हेर्न सकिन्छ।

गीतको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् भने अर्जुन तिवारी (एम बि ए फिल्म्स)ले खिचेका हुन्। भिडियोलाई सुरेन्द्र बसेलले कोरोयोग्रफी गरेका हुन्। भिडियोमा जयराम बर्मा र स्विटी तामाङ्गको पनि अभिनय रहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया