Close sidebar

जुम्ला बाट शोभित बस्नेतको चलचित्र ‘हाम्रो स्वर्ग’को छायांकन सुरु

बैशाख १०, २०७९

निर्देशक शोभित बस्नेतको निर्देशनमा चलचित्र ‘हाम्रो स्वर्ग’ को छायांकन सुरु भएको छ । जुम्ला जिल्लाको पटमाराबाट छायांकन सुरु भएको निर्देशक बस्नेतले जानकारी दिएका छन् ।

चलचित्रमा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ । कर्णाली प्रदेशवासीले भाषा भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने चलचित्र कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट लगायत १० वटै जिल्लामा छायांकन गरिने निर्देशक बस्नेतले बताए ।

चलचित्रमा मेनुका माझी, नवदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल बहादुर रोकाया ललित जङ्ग महत, लगाएत कलाकारको मुख्य भूमिका रहेको छ । ज्ञान कुमार कटेल छायांकन, गौतमराज खड्काको सम्पादन रहने चलचित्र एनएसके मिडिया नेपालको ब्यानरमा निर्माण भएको हो । शान्ता शर्मा निर्मात्री रहेको चलचित्रमा नवदत्त न्यौपानको संगीत, रामकृष्ण बुड्थापाको कथा र रामजी राउतको मुख्य सहायक निर्देशक रहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया