नाबालिग बलात्कार गरेको आरोपमा हिरासतमा दिन बिताइरहेका अभिनेता पल शाहले प्रहरी समक्ष नाबालिगलाई गुड् नाइट भन्न ढोकाढक्ढ्काएको बयान दिएका छन् l कावासोतीस्थित सरकारी वकिलसमक्ष पल बलात्कार गरेको अस्वीकार गर्दै “हामी सुटिङमा क्रममा यहाँ भेटिएका हौँ । राति सुत्ने बेला म गुड नाइट भन्न ती गायिकाको ढोकासम्म पुगेको हुँ । जबरजस्ती गरेको होइन ।” होटेलको १०१ नम्बर कोठामा आफू र गायिका १०२ नम्बर कोठामा बसेको पलको भनाइ छ l पल विरुद्ध फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी परेको थियो l प्रहरीले घटनामा जोडिएका अन्यसँग पनि सोधपुछ गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत गत शुक्रवार पक्राउ गरेको थियो । पल विरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद दिएको छ ।