Close sidebar

महंगो मुल्यमा बिक्यो ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया राइट्स

फाल्गुन २७, २०७८

नेपालगन्ज – आगामी चैत्र ४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई चलचित्र प्रदर्शन अधिकार बिक्री गरेको जानकारी दिएका छन् ।

कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एष्ट्रे’ चलचित्रका निर्माता महेशबाबु तिमिल्सिनाले कमेरोले ३० हजार अष्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जनाएका छन् । अहिलेको चलिरहेको अष्ट्रेलियन डलरलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा २७ लाख बराबर हुन आउँछ । कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच चलचित्र प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक सम्झौतासमेत सम्पन्न भइसकेको छ ।

‘अष्ट्रेलियामा निरन्तर कार्यक्रम गरिरहने कमेरो इभेन्ट्ससँग हाम्रो चलचित्र पनि चलाउने सम्झौता भएको छ । उहाँहरूसँग पहिला पनि थुप्रै नेपाली सिनेमा प्रदर्शन गरेको अनुभव छ,’ निर्माता महेशले भने, ‘ लामो समयपछि अष्ट्रेलियामा नेपाली चलचित्र प्रदर्शन हुन लागेको छ । यसले हामीसँगै अष्ट्रेलियाका नेपाली पनि उत्साहित हुनुहुन्छ । यसले विदेशतिर नेपाली चलचित्र प्रदर्शनको बाटो बनाउने कुरामा पनि हामी आशावादी छौँ ।’

‘सिनेमा निर्माण कम्पनी कंगारु क्रिएसनको अर्को संस्था कंगारु एजुकेसन फाउन्डेसनको अष्ट्रेलियाको सिड्नीबाहेक एडिलेड र तास्मानियामा पनि आफ्नै अफिस छ । फाउन्डेसनमार्फत अष्ट्रेलिया पुग्ने लगभग सबै विद्यार्थीलाई सिनेमा देखाउने हाम्रो लक्ष्य छ,’ महेशबाबुले भने, ‘त्योबाहेक हामी सब टाइटल गरेर त्यहाँका हलमा पनि चलचित्र लगाउँदैछौँ । यो सबै हिसाब गरेर चलचित्रको अधिकार बेचिएको हो ।’

दिनेश पाल्पालीको लेखन तथा निर्देशन रहेको सिनेमाले ट्रेलर सार्वजनिक भएपछि राम्रो चर्चा पाइरहेको छ । चलचित्रको टोन, कलाकारको अभिनय, छायांकन तथा भूपि शेरचनको कविताको भावलाई पर्दामा उतार्ने जमर्को गरेको भन्दै चलचित्रको प्रशंसा भइरहेको छ । चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील पाण्डे, रविन तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

कंगारु क्रिएसन र लोकल चलचित्रको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । प्रबिन स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको चलचित्रको सह निर्मातामा रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया