निर्देशक शोभित बस्नेतले निर्देशन गरेको फिल्म ‘डाँडाको वरपीपल’ दशैको अवसर पारेर आज मंगलबारबाट प्रदर्शनमा आएको छ। लामो समयपछि रिलिज हुन लागेको फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीव जंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरि, अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, पल ठकुरी, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।
देशैभरीको हलमा राम्रो शो पाएको यो फिल्म हेर्न दर्शक आउलान कि नआउलान भन्नेमा भने कुनै टुंगो छैन। दर्शकहरुको हलमा गएर फिल्म हेर्ने बानी हटिसकेको छ। त्यसमाथी विदेशी फिल्म हेर्न बानी परेको दर्शकलाई अब नेपाली फिल्म मन पर्छ कि पर्दैन भन्ने पनि छ।
जे होस्, बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नवराज गिरीको लगानी रहेको छ। रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया र एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन छ।