काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन् । सामाजिक सञ्जालमार्फत् गजुरेलले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेको जानकारी दिएका हुन् ।
आज बिहान भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा मनोज र मञ्जुले विहे गरेका हुन् । परिवारको उपस्थितिमा उनीहरुले विहे कार्यक्रम सम्पन्न गरेका थिए । मनोज र पूर्वपत्नी मीनाबीच चारवर्षअघि कानूनीरुपमै सम्बन्ध विच्छेद भएको थियो ।