Close sidebar

‘चिसो मान्छे’ वैशाख ३० मा प्रदर्शन हुने

अशोज २५, २०७८

दीपेन्द्र के. खनालको निर्देशित सिनेमा ‘चिसो मान्छे’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आउँदा वैशाख ३० गतेदेखि प्रदर्शन हुने भएको छ ।

निर्देशक खनालले सामाजिक सञ्जालमार्फत् सिनेमाको पोस्टर सार्वजनिक गर्दै सिनेमा वैशाखमा प्रदर्शन हुने जानकारी दिएका हुन् । सिनेमाको छायांकन, लेखन तथा निर्देशन सबै खनालले नै गरेका छन् । सिनेमामा शर्मिला पाण्डेको लगानी छ ।

सिनेमामा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको मुख्य भुमिका रहेको छ । स्वस्तिमा र अर्पणसँगै सिनेमामा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायतको पनि अभिनय छ । सिनेमा काठमाडौंदेखि सुदूरपश्चिमको बाजुरासम्म खिचिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया