नेपालगन्ज – नाईल इभेन्ट एण्ड म्यानेजमेन्टले मिस्टर एंड मिस कलेज बाँके २०२२ काे आयोजना गर्ने भएको छ । मिस कलेज बाँकेको यो दोस्रो संस्करण हुनेछ भने मिस्टर कलेज बाँके भने नेपालगन्जमा पहिलो पटक हुँदैछ । फाल्गुन २० गतेदेखि आवेदन फारम खुल्ने र कक्षा ११ देखि माथी अध्यनरत सम्पूर्ण विद्यार्थीहरुले सहभागिता जनाउन सकिने नाईल इभेन्टका प्रेसिडेन्ट प्रवीण गिरीले जानकारी दिएका छन् । नाईल इभेन्ट एण्ड म्यानेजमेन्टले सन २०१७ मा मिस कलेज बाँके सम्पन्न गरेको थियो।
नाईल इभेन्ट एण्ड म्यानेजमेन्टले मिस्टर एंड मिस कलेज बाँके २०२२ आयोजना गर्ने
