र्यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । कास्की प्रहरीको हिरासतमा रहेका आशिषलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार रिहा गरेको हो । लाउरेलाई लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गएको पुस १४ गते पक्राउ गरेका थियो ।
लागुऔषध मुद्दामा पक्राउ परेका र्यापर आशिष राना ‘लाहुरे’ कास्की जिल्ला अदालतबाट ५० हजार धरौटीमा रिहा भएका छन् । उनिसहित पक्राउ परेका बाँकी ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । प्रहरीले लाउरे सहित अन्य सहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै हिरासतमा राखेको थियो । पोखरा नयाँ बजारका लाउरे युवा पुस्तामाझ चर्चित छन् ।