चलचित्र ‘मीलन’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि कार्तिक १८ गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र अब चुनावपछि अर्थात् आगामी मङ्सिर ९ गतेदेखि देशव्यापी प्रदर्शन हुने भएको छ ।
टेक पौरखी राईको निर्देशन तथा लेखन रहेकोे चलचित्रमा सलोन बस्नेतका अलवा कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको मुख्य अभिनय रहेको छ । यसै चलचित्रबाट कुशल र शिल्पाले डेब्यु गरेका हुन् । साथै चलचित्रमा सुमिन गुरुङ, शिशिर बाङ्ग्देल, बिशाल पहाडी, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ । प्रविन थापा चलचित्रका निर्माता हुन् ।
काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्र राहुल राईको छायांकन रहेको छ भने तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ । चलचित्रमा समावेश तीनवटा गीतमा कबिराज गहतराजको कोरियोग्राफि रहेको छ भने प्रताप दास, कौसल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ ।