काठमाडौं । आज बाट तेस्रो हप्तामा प्रदर्शन भैरहेको चलचित्र ‘दुई नम्बरी’को दृश्य काँटछाँटसहित चलचित्र प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र विकास बोर्डले ‘दुई नम्बरी’का निर्मातालाई दुई दिने स्पष्टीकरण सोध्दै पत्र काटेको छ ।
चलचित्रले सम्पादन गरेको, दृश्य घटाएको र ध्वनिमा परिवर्तन गरेको हो वा होइन भन्दै बोर्डले स्पष्टीकरण सोधेको हो । सदस्य सचिव महेश पराजुलीले दुई दिनभित्र स्पष्टीकरण दिन निर्माण कम्पनी रेडबर्ड प्रोडक्सनलाई पत्र काटेको हो ।
निर्माणटिमले दर्शकको मागलाई ध्यानमा राख्दै चलचित्रलाई पुनः सम्पादनसहित रिलिज गरिएको जानकारी सामाजिक सन्जाल मार्फत गराएका थिए ।