आज शुक्रबारबाट दुई नेपाली सिनेमाहरु देशभरका सिनेमा हलहरुमा प्रदर्शनमा आएका छन् । सिनेमा ‘के घर के डेरा’ र ‘नालापानी’ एकसाथ प्रदर्शनमा आएका हुन् ।रिमेश अधिकारी निर्देशित सिनेमा हो ‘नालापानी’। करिब ९ वर्ष लगाएर निर्माण गरिएको सिनेमा बल्ल रिलिजमा आएको छ। सिनेमामा नालापानीको युद्धमा नेपालीहरूले देखाएको विरताको कथालाई उठान गरिएको छ । अंग्रेज र नेपालीविचको लडाई र नेपालीको विरताको कथालाई दर्शकले सिनेमामा देख्न पाउनेछन् ।
सिनेमामा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पुजना प्रधान, मनोज शाक्य लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सिनेमाका निर्माता मनोज शाक्य हुन् । चलचित्रमा विपिन मल्लको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन रहेको छ । रिमेश अधिकारी र कृष्ण आचार्यले यो सिनेमाको स्क्रीप्ट तयार पारेका हुन् ।
त्यस्तै, ‘के घर के डेरा’मा काठमाडौंमा घर हुनेहरु र घर नभएर डेरामा बस्नेहरुको कथालाई कमेडी तरिकाले देखाइएको छ। सिनेमालाई दिपेन्द्र के खनालले लेखन तथा निर्देशन गरेका छन् । सिनेमाको कथा सिंगे लामाले लेखेका हुन्। त्यसैगरी, सिनेमामा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ। सिनेमामा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउतका साथै रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।
अब एकसाथ हलमा यि दुई सिनेमा रिलिजमा आउँदा दर्शकले कुनलाई साथ दिन्छन् त्यो त केही दिनमै थाहा हुन्छ नै। तर आजबाटै हलिउड सिनेमा ‘ब्ल्याक एडम’ पनि रिलिजमा आएको छ। दुई नेपाली सिनेमा भन्दा यस् हलिउड सिनेमालाई उच्च शो दिइएको छ।भने, बुकिङ समेत राम्रो गइरहेको छ। उसो त, ‘के घर के डेरा’लाई पनि राम्रै शो दिइएको छ। त्यस्तै, ‘नालापानी’लाई भने अलि शो कम छ।