कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘मिलन’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १ सेकेन्ड लम्बाईको ट्रेलरमा चलचित्रका तीन प्रमुख पात्रहरु कुशल शाह ठकुरी, सलोन बस्नेत र शिल्पा थापाको प्रेममा आउने विभिन्न उतार-चढावलाई प्रस्तुत गरिएको छ ।
टेक पौरखी राईद्वारा निर्देशित चलचित्रमा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर, विशाल पहारीलगायतको पनि अभिनय छ ।