Close sidebar

चलचित्र ‘प्रेमगीत ३’को हिन्दी संस्करण असोज ७ देखी नै नेपालमा पनि प्रदर्शन हुने

भदौ २७, २०७९

अन्ततः चलचित्र‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा पनि रिलिज हुने भएको छ । नेपाली संस्करण रिलिज हुने दिन असोज ७ गते नै हिन्दी संस्करण पनि लाग्ने पक्का भएको हो । अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनका अनुसार ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको छ।

‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकैदिन लगाउने निर्णय गरेका छौं,’ सेनले भने, ‘टिजर, गीत र ट्रेलरबाट दर्शकले देखाउनुभएको मायालाई ख्यालमा राखेका छौं ।’

यसअघि नेपालमा हिन्दीलाई रिलिज गर्ने वा नगर्नेबारे चलचित्र निर्माण टिम अन्योलमा थियो । भुवन केसीले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई रोक्ने खोजको हल्ला पनि चलेको थियो, जसलाई चलचित्र विकास बोर्डले प्रष्टीकरण पनि दिइसकेको छ । सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको चलचित्रलाई सेन र स्व.छेतेन गुरुङले मिलेर निर्देशन गरेका हुन्।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया