Close sidebar

फागुन १९ मा आउने भयो चलचित्र ‘वर एन्ड वधु’

भदौ १, २०७९

मिलन चाम्स निर्देशित चलचित्र ‘वर एन्ड वधु’को प्रदर्शन मिति घोषणा गरिएको छ । रोमानियामा दुई साता लामो छायांकन सकेर नेपाल फर्किएपछि निर्माण टिमले प्रदर्शन मिति तोकेको हो । लभस्टोरी र कमेडी जनरामा निर्माण भएको चलचित्र आउदो फागुन १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । भने चलचित्रको नेपालमा केही प्रतिशत छायांकन गर्न बाँकी छ । 

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । चलचित्रको कार्यकारी निर्माता डा. अमित रिजाल हुन् भने जानुका थापाको पनि लगानी छ । चलचित्रमा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्काको पनि अभिनय छ ।

‘वर एन्ड वधु’मा अभिनेत्री साम्राज्ञी आरएल शाह अतिथी भूमिकामा देखिने छिन् । सुदिप बरालको छायांकन रहेको चलचित्रमा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अर्जुन जिसीले सम्पादन गर्ने चालचित्रमा हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भुषालको संगीत, नरेश भट्टराई, मुक्त उदास र लेखु सहयात्रीको शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया