Close sidebar

हेमराज बीसीको निर्देशनमा चलचित्र ‘छक्का पन्जा-४’ को छायाँकन सुरु

साउन ९, २०७९

काठमाडौं । आज सोमबार सूर्य विनायकको गणेश मन्दिरमा औपचारिक रुपमा शुभमुहूर्त गर्दै चलचित्र ‘छक्का पन्जा-४’ को छायाँकन सुरु गरिएको छ ।

हेमराज बीसीले निर्देशन गर्ने चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, नीर शाह, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, रमेश बुढाथोकी, सुवास गजुरेलको मुख्य भूमिका रहने छ ।

नरेन्द्र मैनालीको छायाँकन दीपक शर्माको र कृष्ण भारद्वाजको संगीत रहने चलचित्रमा दीपक दीपा प्रस्तुतकर्ता रहेको छन् जहाँ कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहनेछन् ।

तस्बिर- सुरेन्द्र थापा

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया