नेपालगन्ज :- मुन मिडिया प्रा लिको आयोजनामा “बाँके रनवे”को दोश्रो चरणको अडिसन सम्पन्न भएको छ । हिजो शनिबार नेपालगन्जस्थित टोमेटो रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसमा भएको अडिसनबाट उत्कृष्ट १० प्रतियोगीहरु छनोट भएको आयोजक प्रेरणा नेपालीले चित्रभित्रलाई जानकारी गराइन् । प्रेरणाका अनुसार प्रतियोगितामा बिजयी हुने प्रतियोगीलाई नगद , म्युजिक भिडियो र अन्य थुप्रै गिफ्ट ह्याम्परहरु प्रदान गरिने छ ।
दिउसो करिब २ बजेबाट सुरु भएको उक्त अडिसनमा निर्णायकतर्फ नेपालगन्जका चर्चित मिडियापर्सन समिर मान श्रेष्ठ , मिस्टर ग्लाम नेपालगन्ज २०१९ का बिजेता प्रसिद्ध सिंह ठकुरी , मिस डिभा एट फेस अफ नेपालगन्ज २०१८ कि बिजेता अन्जली शाक्य र मिसेज डिभा नेपालकी बिजेता सरिता शर्मा रहेका थिए ।
श्रावणको अन्तिममा फाइनल हुने “बाँके रनवे”को वर्कसप भोली देखी सुरु हुने बारे रनवेका संयोजक दिपसन बैश्यले जानकारी गराएका छन्। “बाँके रनवे”को प्रायोजकमा यामाहा,एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज, एलिसा मेकअप स्टुडियो,नेपालगन्ज फेसन ग्यालरी र मोटो वल्ड रहेका छन् ।