Close sidebar

चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा विश्वभर प्रदर्शन हुने

जेष्ठ २०, २०७९

नेपालगन्ज, चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा पनि प्रदर्शन हुने भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले ‘विश्वजीतम्’ नाममा ‘प्रेम गीत ३ हिन्दी भाषामा भारतसँगै विश्वभर प्रदर्शनमा आउने जानकारी गराएका हुन् ।

‘अन्ततः निरन्तर काम प्रतिको ईमानदारीता, मेहनत, धैर्यता पश्चात प्रेम गीत ३ हिन्दी भाषामा ‘VISHWAJITAM ‘ नाम मार्फ़त भारतसँगै विश्वभरी चलचित्र प्रेमी दर्शकहरुमाझ आउनेछ । प्रदर्शन गर्ने चर्चित वितरक कम्पनी र प्रदर्शन मिती चाँडै ‘VISHWAJITAM ‘पोस्टर सहित’, शुक्रबार साँझ सेनले इन्डियन मोसन पिक्चस प्रोडक्सन्स एशोशियसनको पत्र सहित आफ्नो फेसबुकमा सेयर गरेका छन् ।

लामो समयको प्रयासपछि सन्तोष सेनको समुह ‘प्रेम गीत ३’ लाई हिन्दी भाषामा प्रदर्शन गराउन सफल भएको हो । नेपालमा छायाँकन गरिएको चलचित्रको सबै प्राविधिक कार्य भारतमै गरिएको छ । कोरोनाका कारण चलचित्रको रिलिज रोकिएको थियो । नेपालमा ‘प्रेम गीत ३’ असोज ७ गतेदेखि प्रदर्शन हुँदैछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया