Close sidebar

प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’असोज ७ बाट रिलिज हुने

जेष्ठ ८, २०७९

नेपालगन्ज- बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘प्रेमगीत ३’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यसअघि गतबर्षको फागुण १३ गतेलाई यो चलचित्रको प्रदर्शन मिति तय गरिएको थियो । तर, भारतमा पनि नेपालमासँगै रिलिज गर्ने भन्दै निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्रको प्रदर्शन स्थगित गरेका थिए ।

निर्माण भएको ३ बर्षपछि यो चलचित्र अन्ततः असोजको ७ गतेबाट रिलिज हुने भएको हो ।

चलचित्रमा नायक प्रदीप खड्का, नव–नायिका कृष्टिना गुरुङ, नायक शिव श्रेष्ठ, कलाकार सुनिल थापा, नव–नायक मनिष राउतको मुख्य भूमिका रहेको यो चलचित्र दर्शकका लागि प्रतिक्षित छ ।

चलचित्र ‘प्रेमगीत’को तेश्रो सिरिज भएका कारण पनि यो चलचित्र अझै प्रतिक्षित बनेको हो । चलचित्रलाई हिन्दी भाषमा समेत डबिङ गरिएको छ । सन्तोष सेन र स्वर्गीय छेतन गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रलाई मनाङ, मुस्ताङमा खिचिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया