Close sidebar

असोज २८ मा ‘हिजो आजका कुरा’ रिलिज हुने

चैत्र १, २०७८

साकार पन्तको निर्देशनमा बनेको चलचित्र ‘हिजो आजका कुरा’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । कोरोना महामारीका कारण सरकारले सिनेमा हल बन्द गरेपछि २०७७ सालको बैशाख १२ गते प्रदर्शनमा आउन नसकेको चलचित्रको आउँदो असोज २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । मोफसलमा एफडी कम्पनी र राजधानीमा बीके फिल्मस्ले चलचित्रलाई वितरण गर्नेछ ।

करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको चर्चित हाँस्यटेलिसिरियल ‘हिजो आजका कुरा’को नाम सापटी लिएर निर्माण भएको चलचित्रले कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथालाई उठाएको छ ।

चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, नव-कलाकार द्वय विनायक कुइकेल, अनुष्का घिमिरे लगायतको अभिनय रहेको छ । रवि सायमीले खिचेको चलचित्रको कथा सन्तोष सन्त र साकार पन्तको हो । पटकथा सन्दीप किस्नाले तयार पारेका हुन् । चलचित्रको ‘माया जदौ’ गीत हिट भइसकेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया