विविध कारणवश बन्द भएको मुन्द्रेको कमेडी क्लव पुनः प्रशारणमा आउने भएको छ । नयाँ सेटअप सहित दिनेश डिसीको निर्देशनमा चाँडै नै मुन्द्रेको कमेडी क्लव दर्शकमाझ आउने प्रस्तोता जितु नेपालले आइतबार फेसबुकमा स्टाटस लेख्दै जानकारी गराएका छन् ।

“मुन्द्रेको कमेडी क्लब पुनः प्रसारण होस् भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्मतिर लाग्दै छु । हिजोका केही कमी कमजोरीहरुलाई हटाँउदै नयाँ जोश जाँगर र उत्साह सहित आउन लागेका छु । केही नयाँ अनुहार, नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोग सहित, मेरो आदरणीय गुरु दिनेश डि.सी दाईको निर्देशनमा तयार गरिने अबका भागहरु अवश्य हजुरहरुलाई मनोरञ्जन दिन सफल हुनेछ भन्ने विश्वास लिएका छु । क्लबमा सहभागी हुने नयाँ पात्रहरु, प्रसारण हुने टेलिभीजन, मिती र समय चाँडै नै एक कार्यक्रमका बिच सार्वजनिक गर्नेछौं । सबै आदरणीय दर्शकहरुबाट पाईरहेको माया साथ र हौसला निरन्तर मिल्नेछ भन्ने आशा लिएका छु । “मुन्द्रे“ केही आत्तीएला तर मात्तिने छैन । मुन्द्रेले धेरै हसाउँन नसक्ला तर रुवाउने छैन । मुन्द्रेले धेरै राम्रो गर्न न सक्ला तर नराम्रो गर्ने छैन”, जितुले आफ्नो फेसबुकमा लेखेका छन् ।