Close sidebar

फेरि अप्ठ्यारोमा पर्यो ‘चपली हाइट ३’

पुस ११, २०७८

नेपालगन्ज – निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’को बारम्बार प्रदर्शन मिति सारिरहेका छन् । पुस २ गते रिलिज हुनुपर्ने यो चलचित्रलको मिति सारेर पुस १५ मा पुर्‍याइएको थियो । तर, यो चलचित्र फेरि अप्ठ्यारोमा परेको छ । पुस १६ गते अर्को चलचित्र ‘कठपुतली’ले प्रदर्शन मिति तय गरिसकेको थियो । सोही चलचित्रसँग जुध्न गएपछि चलचित्र विकास बोर्डको सदस्य समेत रहेका अर्जुन समस्यामा परे ।

चलचित्र संघले महासचिव अशोक शर्माको संयोजकत्वमा गठन गरेको कार्यदलले एउटा नेपाली चलचित्र चलेको दुई हप्तासम्म अर्को चलचित्र रिलिज गर्न नपाइने नियम बनाएको थियो । तर, अर्जुनले यो नियम समेत नमानेको भन्दै उनलाई पुस १५ गतेबाट रिलिज मिति सार्न संघले बारम्बार आग्रह गरिरहेको छ । यदि यो चलचित्रको प्रदर्शन मिति नसरेको खण्डमा अन्य नियम समेत लागू नगर्ने चेतावनी हल  सञ्चालकहरुले दिएका छन् । चलचित्रको ट्रेलर बजाएको रकम नलिने, हलमा पोष्टर राखेको रकम नलिने, पहिलो सातामा नेपाली चलचित्रले ५५ प्रतिशत शेयर र बाँकी हप्तादेखि ५० प्रतिशत शेयर पाउने  नियम पनि चलचित्र संघले बनाएको थियो । यसैले अर्जुन यतिबेला समस्यामा परेका छन् ।

यो विषयमा छलफल गर्न आइतबार दिउँसो १ बजे चलचित्र संघमा बैठक डाकिएको छ । यसपछि चलचित्र विकास बोर्ड, चलचित्र संघ र ‘चपली हाइट ३’को निर्माणपक्षसँग अन्तरक्रिया गरिने बताइएको छ । अर्जुन कुमार भन्छन्, ‘अब त मैले चलचित्रले कति कमाउँछ भन्ने नै सोच्न छाडिसकेको छु । मलाई त अब एक शो भएपनि चलचित्र चलाउन पाए पुग्छ । चलचित्र क्षेत्रमा हुने राजनीतिले दिक्क बनाइसकेको छ ।’ स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी अभिनित यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया