नेपालगन्ज – कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिर देखी काँकडभिट्टाबाट सुरु भएको ‘सप्तरङ्ग–३’ टिम भोली नेपालगन्ज आउने भएको छ। ‘सप्तरङ्ग ३’ टिम काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर , २८ मा चितवन हुँदै भोली पुस १ गते नेपालगन्जमा आउन लागेको हो । यसै गरी पुस ३ मा सुर्खेत, ५ मा धनगढी र ९ मा पोखरा पुगेर समापन हुनेछ।
भोली लुम्बिनी प्रदेश अन्तरगत नेपालगन्जमा अभिनेता राजेश हमाल , गायक बद्री पङ्गेनी , प्रमोद खरेल ,अनिल सिंह ,मिलन नेवार , अस्मिता अधिकारी र हास्य कलाकार सन्दीप छेत्रीको सहभागीता रहने छ । यसै गरी कार्यक्रमको होस्ट निता प्रधान , विवेक खतिवडा र नरेश भट्टराईले गर्ने छन् ।