नेपालगन्ज – फागुन १३ देखि प्रदर्शनमा आउन चलचित्र ‘प्रेमगीत ३’को हिन्दी संस्करणको गीत रेकर्डको काम सम्पन्न भएको छ । निर्माण पक्षका अनुसार चलचित्र नेपाली र हिन्दी भाषामा प्रदर्शन हुनेछ ।
निर्माण कम्पनी आशुसेन फिल्मस्ले बुधबार विज्ञप्ती जारी गर्दै चलचित्रको गीतको सबै काम पुरा भएको जनाएको छ । चलचित्रको गीतमा राहत फतेह अली खानले ‘ये सनम तुही तु’, अंकित तिवारी र पलक मुछालले ‘तुम प्यार हो’ देव नेगी र पलक मुछालले ‘मुझ्मे बस् जना’मा स्वर दिएका छन् । भने,गीतमा कुमार र एम तुराजको शब्द रहेको छ ।
चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जिवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतमलगायतका कलाकारको अभिनय छ । चलचित्रलाई स्व निर्देशक छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका छन् । निर्माता सन्तोषका अनुसार चलचित्रको केही दिनमा ट्रेलर सार्वजनिक हुने र प्रचार सामग्री सहित दर्शक माझ आउने योजना रहेको छ ।