Close sidebar

आशुतोष अधिकारीको निर्देशनमा सर्ट फिल्म ‘थर्ड आई’ बन्ने

मंसिर १६, २०७८

नेपालगन्ज । आशुतोष फिल्मस् प्रोडक्सनको व्यानरमा सर्ट फिल्म ‘थर्ड आई’ बन्ने भएको छ । आशुतोष अधिकारीको निर्देशनमा बन्ने फिल्मको राजधानीमा मुहुर्त गरिएको छ । निर्देशक अधिकारीका अनुसार फिल्मले विश्वमा रहेका दृष्टिविहिनहरुलाई दृष्टियुक्त व्यक्तिले मरणोपरान्त दृष्टि दान गरेमा कोही पनि दृष्टिविहिन हुन नपाउने कथा देखाउनेछ ।

लायन्स क्लब भरतपुर सप्तरंगीको सहकार्य निर्माण हुने फिल्ममा सरोज दाहाल, कमला अधिकारी, केडी प्रसिद्ध, विमल पौडेल र सुरज पोख्रेल आदि कलाकारको अभिनय रहनेछ । मंसीर १७ गतेबाट चितवन र पोखरामा छायांकन हुने फिल्ममा विनोद मिश्र प्रस्तुतकर्ता, केडी प्रसिद्ध कार्यकारी निर्माता, सुजन बिसीको छायांकन, मन्दिल श्रेष्ठको सम्पादन, सुनयमान श्रेष्ठको मिक्सिङ, सम्राट थापाको पाश्र्वसंगीत, विमल लामाको संगीत तथा गायन, आरती अधिकारी आचार्यको कथा तथा रफी शाहको पटकथा र संवाद रहनेछ ।

फिल्ममा दीपक अधिकारीको मुख्य सहायक निर्देशन रहनेछ । निर्देशक आशुतोषको यसअघिको सर्ट फिल्म ‘हाम्रो नाता’ले अवार्ड हात पारिसकेका छ्न । मुहुर्त कार्यक्रममा निर्देशक समाजको उपाध्यक्षको राजु अधिकारी उपस्थिति रहेको थियो । शर्ट मुभिमा मुर्हत शर्ट भिष्मराज फुलाराले गरेका हुन भने, क्ल्याप कलाकार तथा निर्देशक शेखर खनालले गरेका हुन ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया