Close sidebar

दर्शकबाट आर्यनको तारिफ ‘हजार जुनीसम्म’ युट्युव टेन्डिङको शिर्ष स्थानमा

मंसिर १४, २०७८

कोरोना महामारी अगाडी रिलिज भएको सिनेमा हो ‘हजार जुनीसम्म’ । यो सिनेमाले हलमा खासै दर्शक तान्न सकेको थिएन । जसकारण सिनेमा बक्सअफिसमा फ्लप सावित भएको थियो ।

तर यो सिनेमाले युट्युबमा भने लाखौं दर्शकको साथ पाएको छ । हाल आर्यन सिनेमा युट्युब टेन्डिङको शिर्षस्थानमा छ । भारतको सिक्किम र नेपालमा छायांकन भएको सिनेमाले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

विकासराज आचार्य निर्देशित ‘हजार जुनीसम्म’ले एक दिनमा युट्युबमा १५ लाखबढि दर्शकको साथ पाएको छ । सिनेमा हेरेका अधिकांश दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । विशेष गरि अभिनेता आर्यन सिग्देलको तारिफ शब्द खर्च गरेका छन् ।

सिनेमामा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मीको मुख्य भूमिका छ । यसै सिनेमाबाट कलाकार अखिलेश प्रधानले डेब्यु गरेका थिए । विशाल चाम्लिङको कथा तथा निर्माणमा तयार भएको सिनेमालाई विकासराज आचार्यले निर्देशन गरेका हुन् ।

सिनेमामा विकास र सामीप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद छ । सिनेमामा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जीसीको सम्पादन छ । सिनेमाले दुई पुस्ताको प्रेम कथालाई उठान गरेको छ । सिनेमामा आर्यन, प्रियंका, स्वस्तिमा र अखिलेशकोे जोडीलाई हेर्न सकिन्छ । सिनेमाको छायांकन नेपाल र भारतको सिक्किममा गरिएको थियो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया