Close sidebar

प्रताप दास र रचना रिमालको ‘उकालो बाटो’ भिडियो सार्वजनिक

अशोज २२, २०७८

काठमाडौं–गायक प्रताप दास र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘उकालो बाटो’को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत, नरेन्द्र वियोगीको एरेञ्ज तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ । अम्बिका थापाको प्रस्तुति रहेको भिडियोमा महेश खड्का र सृष्टि खड्का फिचर्ड छन् । भिडियोमा उनीहरुको रोमान्टिक भावलाई देख्न सकिन्छ ।

भिडियोमा मदनकश्यप घिमिरेको छायांकन, राजेश कुमारको कलर, तारा थापा ‘किम्भे’को सम्पादन, कृष्ण लिम्बुको कोरियोग्राफी, विकास अधिकारीको सहायक कोरियोग्राफी छ । गोविन्द राई निर्देशित भिडियोमा अम्बिका थापा र सुवर्ण थापाको लगानी छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया