Close sidebar

‘उचाइँ’ को छायांकनका लागि काठमाडौं आइपुगे अनुपम, बोमन र परिणिती

अशोज १९, २०७८

 ‘मैंने प्यार किया’ फेम्ड निर्देशक सूरज बडजात्याको नयाँ फिल्म ‘उचाइँ’ को छायांकनका लागि बलिउडका चर्चित कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन काठमाडौं आइपुगेका छन् । आइतवार विहान इन्डियन एयरलाइन्सको विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरुलाई बौद्धस्थित पाँचतारे होटल हायतमा बस्ने व्यवस्था मिलाइएको छ । नेपाल आउने क्रममा आकाशबाटै कैद गरेको काठमाडौंको भिडियो आफ्नो इन्स्टाग्राममा साझेदार गर्दै अनुपम खेरले स्तूपा र मन्दिरहरुको शहरमा लामो समयपछि आउन पाएकोमा खुसी व्यक्त गरेका छन् । उनी यसअघि २०७१ सालमा कोसेली स्कुलमा अध्ययनरत सुकुम्बासी र मजदुरका सन्तानलाई सहयोग जुटाउन आयोजित च्यारिटी शोमा सहभागी हुन नेपाल आएका थिए ।

 ‘उचाइँ’ को अधिकांश छायांकन हिमाली क्षेत्रमा गर्नुपर्ने भएकाले निर्देशक बडजात्याले नेपाललाई रोजेका हुन् । फिल्मको छायांकन स्थल हेर्न उनी दुईपटक नेपाल आएका थिए । यो फिल्ममा अमिताभ बच्चनको पनि अभिनय रहनेछ । तर, उनी भने नेपाल आउने छैनन् । स्वास्थ्य अवस्थाका कारण उनलाई परिवारले चिसो ठाउँमा पठाउन नमानेपछि उनीबाहेकको टिम नेपाल आएको हो । फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतका क्षेत्रमा छायांकन गरिनेछ । मित्रताको कथामा निर्माण हुन लागेको फिल्मको ४०-४५ दिनसम्म नेपालमा छायांकन हुनेछ । नानी गुप्ताको पनि मुख्य भूमिका रहने यस फिल्मको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनी हेरेको छ । परिणिती पनि यसअघि फिल्म ‘सन्दिप और पिंकी फरार’ को छायांकनका लागि नेपाल आएकी थिइन् । 

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया