नेपालगन्ज-निर्देशक प्रवेश पौडेलको निर्देशनमा चलचित्र ‘बिहे पास’को छायांकन सुरु भएको छ । शुक्रबार विराटनगरको एक मन्दिरमा पुजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृती श्रेष्ठको मुख्य भूमिका रहने छ । अन्तर जातिय विवाह पश्चात माइतीमा रहेकी श्रीमती फिर्ता ल्याउन श्रीमानले गर्ने संर्घषका कथामा चलचित्र निर्माण हुनेछ । ‘होस्टेल, जिन्दगी रक्स र उत्सव’मा काम गरिसकेकी अभिनेत्री प्रकृती यो चलचित्र मार्फत ६ वर्षपछि कमब्याक गर्दैछिन् ।
आरआर फिल्म्स प्रोडक्शनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहने चलचित्रको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह–निर्माता ग्याल्जेन लामा हुन् । जस्को कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले तयार पारेका हुन् भने पटकथा आकाश बराल र सजन काफ्लेको छ ।