नेपालगन्जमा आजबाट नेपालगन्ज ट्यालेन्ट हण्ट सिजन २ सुरु भएको छ । नेपालगन्ज ट्यालेन्ट हण्ट सिजनको अपार सफलतापछि आयोजकले पुन युवा युवतीहरुको नेतृत्व र क्षमता बिकास गर्ने उद्देशले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजक नेतृत्वका सिइओ सुरेन्द्र चलाउनेले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका हुन् ।
अडिसनका लागि सम्पूर्ण तयारी भइसकेको जानकारी दिदै नृत्य, गायन र सौन्दर्य विद्यामा प्रतिस्प्रर्धा गरिने उनले बताए । ‘पहिलो चरणको अडिसन आज शनिबार बिहान १० बजेदेखि सुर्खेतरोडमा रहेको स्वस्तिक कटेजमा हुँदैछ। पहिलो चरणमा सहभागिता जनाउन छुटेकाले चैत्र ६ गते हुने दोस्रो अडिसनमा सहभागिता लिन सक्नेछन् ।’ सुरेन्द्रका अनुसार ‘अडिसनबाट चुनिएकालाई गायन र नृत्यतर्फकाले २५ सय शूल्क तिरि १५ दिनसम्म तालिम पाउनेछन् यस्तै सौन्दर्य विधामा चुनिनेले ७ हजार शुल्क तिरी फोटोसुट, मेकअप र तालिम पाउनेछन् ।’
यस्तै उक्त कार्यक्रम मध्ये सौन्दर्य विद्या तर्फ मिस नेपालगन्ज (२०१५) सुमन थापाको प्रशिक्षण हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै मिस नेपालगन्ज(२०१५) थापाले भनिन्–‘सौन्दर्य प्रतियोगितालाई अझपनि समाजले गलत नियतमा हेर्ने गरेको पाईन्छ।’ मैले भाग लिन्छु भन्दा परिवारको अनुमति थिएन तर अफुले केही गर्न सक्छु भन्ने आट मनमा थियो तेसैले आज यहाँ छु । आफ्नो अनुभव सुनाउदै थापाले भनिन्–‘म आफै यो क्षेत्रमा कामगरिरहेको छु । अभिभावक निर्धक्क भएर आफ्ना छोरा छोरीलाई पठाउन सक्नुहुनेछ । पारिवारिक वातावरणमै प्रतियोगिता सम्पन्न हुने थापाले बताइन् ।’ आयोजक नेतृत्वका अनुसार नृत्य तर्फ सन्तोष सोतीमगर, गायनतर्फ महेन्द्र सेढाई र सौन्दर्य विधातर्फ मिस नेपालगन्ज (२०१५) सुमन थापाको प्रशिक्षण रहनेछ ।