Close sidebar

नेपालगन्जमा “आशु मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टर”

फाल्गुन २५, २०७७

नेपालगन्जमा आशु मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टर सन्चालनमा आएको छ । मिस नेपालगन्ज (२०१५) सुमन थापाले रिबन काटी उक्त सेन्टरको उद्घाटन गरेकी हुन् । आशु मेकअप स्टुडियोमा मेकअपका सम्पूर्ण सामान उचित मुल्यमा पाउनुका साथै तालिम समेत दिइने संचालक राधिका ढुंगानाले बताइन् ।


न्युरोड नेपालगन्जको पुर्बी रोड सुपरभिजन केबल बिल्डिङ्ग मुनिको सटरमा संचालनमा ल्याइएको उक्त स्टुडियो एण्ड ट्रेनिङ सेन्टरले गुणस्तरीय सेवा प्रवाह गर्ने ढुंगानाको भनाइ छ । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दैै मिस नेपालगन्ज थापाले सौन्दर्यप्रतिको बुझाई सकारात्मक बनाउन जरुरी रहेको बताइन् । यो हप्ताभरी मेकअप र मेकअप कोर्सकालागी आउनेहरुलाई ३० प्रतिशत छुट दिइएको संचालक ढुंगानाले बताइन् ।

राजधानीमा दक्ष अनुभव तालिम प्राप्त गरि ८ बर्ष सम्मको अफ्नो अनुभवलाई आफ्नै ठाउँमा प्रयोग गर्न पाउँदा खुशी महशुस गरेको ढुंगानाको भनाइ छ ।

तस्बिर / जाबेद अन्सारी

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया