Close sidebar

चलचित्र कृष्ण लीलाको ‘डियर बन्न मन छ’ गीत सार्वजनिक

फाल्गुन २१, २०७७

नेपालगन्ज- चैत्र २७ गतेबाट प्रदर्शन हुने चलचित्र ‘कृष्ण लीला’को ‘डियर बन्न मन छ’ बोलको गीत सार्वजनिक भएको छ । निशान भट्टराई र समिक्षा अधिकारीको स्वर रहेको गीतमा नारायण प्रसाद बास्कोटाको शब्द र अर्जुन पोखरेलको संगीत छ । जहाँ अभिनेता पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, भावना गुरुङ र रविन्द्र झा फिचर्ड छन् । गीतमा कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।

https://youtu.be/xW2mNB5lZtU

दीपक वलीले निर्देशन गरेको चलचित्रमा पुष्प, श्रद्धा, बुद्धि र रविन्द्रसँगै नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रको कथा लक्ष्मण सुवेदीले तयार पारेका हुन् ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् । चलचित्रलाई शिव ढकाल र बाबु श्रेष्ठले खिचेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया