सुपरहिट गीत ‘फुलबुट्टे सारी’को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको संगीत एंव शब्द रहेको फुलबुट्टे सारीको लिजेन्डरी भर्सनमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले स्वर दिएका छन् ।
राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको अभिनय रहेको छ । उत्सब दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । मार्मिक लामाको मेल भर्सन र मिलन अमात्यले गाएको फिमेल भर्सन सुपरहिट भएपछि मदनकृष्ण श्रेष्ठको स्वरमा लेजेन्डरी भर्सन सार्वजनिक भएको हो।