दीपक श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘घिन्ताङ’को शुभमुर्हूत भएको छ। मंगलबार कमलादीस्थित गणेश मन्दिरमा पुजा गर्दै चलचित्रको शुभमुहुर्त गरिएको हो। शुभमुहुर्त कार्यक्रममा मुख्य कलाकार गौरव पहाडि र लक्ष्मी बर्देवा उस्थित थिए।
चलचित्रले अन्तरजातिय सम्बन्धको कथा बोल्नेछ। जहाँ निम्न वर्गीय एकल पुरुष र एकल महिलाको जीवनमा आउने उतार चढावलाई प्रस्तुत गरिने छ। ‘घिन्ताङ’मा गौरबले चौतारीमा मादल बजाएर बेच्ने धनेको भुमिका निवार्ह गर्दैछन्। भने लक्ष्मीले ब्राम्हमण परिवारकी महिलाको भुमिका निर्वाहा गर्नेछिन् ।
चलचित्रमा गौरब र लक्ष्मीकासँगै निर शाह, मदनकृष्ण श्रेष्ठ र ४ जना बालकलाकारको अभिनय रहनेछ। चलचित्रको कथा साहित्यकार मन्दिरा मञ्जुश्रीले लेखेकी हुन्। मञ्जुश्रीले यो कथालाई एक संचार माध्यममा मासुको मुल्य शिर्षकमा प्रकाशित गरेकी थिइन्। चलचित्रमा दीपक शर्माको संगीत, संकल्प भुजेलको छायांकन र पुष्कर लामाको प्रोडक्सन डिजाइन रहनेछ।