Close sidebar

‘जदौ’को मुख्य हिरोइनमा नीति अनुबन्धित्

असार २३, २०८२

अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा नीति शाह अनुबन्धित् भएकी छिन् । नीति र ‘जदौ’ निर्माताबीच शनिबार राजधानीमा सम्झौता भएको हो ।

काजी लिम्बूको लेखन रहेको फिल्मको प्रमुख एक अभिनेतामा यसअघिनै मुकुन भुसाल अनुबन्धित् भइसकेका छन् । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् ।

बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ । बाबुल गिरीको संगीत रहेको फिल्म दाङ तथा प्युठान जिल्लाका बिभिन्न स्थानमा खिचिने छ । फिल्मको प्युठान निर्माण ब्यबस्थापक लछुमन भण्डारी छन् । सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ को निर्देशक तथा बाँकी कलाकार,प्राबिधिक बारे केही दिनमै बिस्तृत जानकारी दिइने बताएकी छिन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया