Close sidebar

‘निलम्स अवार्ड २०२५’ सम्पन्न

असार १५, २०८२

प्राइड मन्थ २०२५ को अवसरमा क्रमशः इन्टरटेनमेन्टको ब्यानरमा ‘निलम्स अवार्ड २०२५’ सम्पन्न भएको छ। अवार्ड ट्रान्स एक्टिभिस्ट, मेक अप आर्टिष्ट तथा समाजसेवी निलम पौडेलको एकल पहलमा शुक्रबार राजधानीमा भएको हो ।

अवार्ड समारोहमा यौनिक अल्पसंख्यक समुदायमा अमूल्य योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । यस वर्ष, लैङ्गिक तथा अल्पसंख्यक समुदायकालागि अमूल्य योगदान दिने सात व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो।

अवार्ड समारोहमा गायकद्वय नट्टू शाह र पिरु राणा, कोरियोग्राफर तेञ्जु योञ्जन, समाजसेवी तथा डान्सर सुमन श्रेष्ठ ( डल्ली ममी ), मेक अप आर्टिष्ट तथा डान्सर उमिशा श्रेष्ठ, लोक गायक श्याम राना र मेक अप आर्टिष्ट अनिष तामाङ सम्मानित भएका थिए।

त्यसै गरि निलम्स अवार्डको ‘युथ अचिभमेन्ट अवार्ड’बाट यस वर्ष अनु शाही ठकुरी, दिनुप मगर र एन्जल सम्मानित भएका थिए। वर्ष २०२३ बाट सुरु भएको निलम्स अवार्डको ‘महामहिम अवार्ड’बाट सुष्मा लामा र केशाङ युडोन सम्मानित भएका थिए।

क्रमशः इन्टरटेनमेन्टकी निर्देशक निलम पौडेलले लामो समयदेखि विभिन्न सञ्चारमाध्यममा अभिलेखीकरण भई उनीहरूले भोग्नुपरेको भेदभावलाई प्रकाश पार्दै समुदायको लचिलोपन, साहस र अटल मनोभावमा प्रकाश पार्न निलम अवार्ड कार्यक्रम गरिएको बताइन् ।

ब्याङ्कर अनिल केशरी शाहको मुख्य आतिथ्यमा सम्पन्न भएको अवार्ड कार्यक्रममा अभिनेत्री श्वेता खड्का, ओशिमा बानु, डा. सुमी मल्ल, मिस युनिभर्स सम्पदा घिमिरे, संगीता पुरी, संजय शर्मा, पुर्व मिस्टर नेपाल तथा डा.सन्तोष उपाध्याय, गायक सपन श्रेष्ठ,संचारकर्मी विना श्रेष्ठ जस्ता व्यक्तित्वहरु अतिथिको रुपमा उपस्थित भएका थिए।

कार्यक्रममा कलाकार तथा तेश्रोलिङ्गि अनुपम श्रेष्ठ हटी नटिले अभिनेत्री श्वेता खड्कालाई सम्मान गर्दै उनका गीतहरुमा नृत्य प्रस्तुत गरेकी थिईन।

अवार्ड कार्यक्रमलाई निल हिरा समाज ( ब्लु डाईमण्ड सोसाइटी ), फ्रुट जेम, परी कस्मेटिक र मेक अप ब्रान्ड स्टेलाले सहयोग गरेको थियो।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया