Close sidebar

चलचित्र ‘महाराजधिराज’मा अभिनेता गजित विष्ट

जेष्ठ २८, २०८२

पछिल्लो समय लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ मा ‘जेठान’ को भूमिकाबाट चर्चा कमाएका अभिनेता गजित विष्ट चलचित्र ‘महाराजधिराज’ मा अनुबन्धित भएका छन् ।  ‘मायाज बार’ नामक चलचित्रबाट अभिनयमा डेब्यु गरेका गजित बिष्टले आफ्नो १५ वर्षको चलचित्र करियरमा २० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । यसका साथै, उनले ‘लभ यु बाबा’ र ‘हैरान’ जस्ता चलचित्र निर्माण समेत गरेका छन् । टेलिभिजन रियालिटी शोहरूको निर्देशनमा पनि अनुभव बटुलेका विष्ट अब ‘महाराजधिराज’ मा कस्तो भूमिकामा देखिन्छन् भन्ने कौतुहलता बढेको छ ।

‘महाराजधिराज’ मा गजित बिस्टको आगमनले कलाकारहरूको सूचीलाई अझ बलियो बनाएको छ । यसअघि नै आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, वर्षा राउत, वर्षा सिवाकोटी, जय किशन बस्नेत र पुष्प खड्का जस्ता स्थापित तथा नयाँ पुस्ताका कलाकारहरू यस फिल्ममा अनुबन्धित भइसकेका छन् ।

‘महाराजधिराज’ को निर्देशन परिच्छेद सेनले गर्दैछन् । यस चलचित्रको कथा पनि निर्देशक सेनकै हो । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको निर्माण रहने यो चलचित्रका प्रस्तुत कर्ता बिराज विष्ट हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया