Close sidebar

‘मोहर’को टिजर सार्वजनिक,टिजरमा‘देउकी’को कथा उल्लेख

जेष्ठ २८, २०८२

साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले ओएसआर डिजिटलको च्यानलबाट आज फिल्मको १  मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।

सार्वजनिक टिजरले नलेखिएको नियमको कथा बोल्छ । फिल्ममा ‘देउकी’को कथालाई उल्लेख गरेको टिजरबाट वुझ्न सकिन्छ । सार्वजनिक टिजरमा नायक पल शाहको दोहोरो अवतार देख्न सकिन्छ । पल लामो र छोटो कपालमा देखिएका छन् । लामो कपाल पालेका पलको कथा नायिका बेनिशा हमाल र बाल–कलाकार सारा शर्मासँग जोडिएको छ । यस्तै, कपाल छोटो पालेका पलको कथा नायिका नीति शाहसँग जोडिएको छ । यसले, फिल्मप्रति दर्शकको कौतुहलता बढाउने पक्का छ ।

फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

कुमार महर्जनको एक्सन रहेको फिल्ममा कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी छ ।

फिल्मको टिजर साहिल खानले तयार पारेका हुन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्मको प्रोडक्सन म्यानेजर लक्ष्मणराज पौडेल हुन् । रोशन जंग शाही फिल्मका लाइन प्रोड्यूसर हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया