Close sidebar

‘जन्ते बाख्रो’ले दर्शकबाट राम्रो प्रतिक्रिया, दर्शक भेट्न हल पुगे कलाकारहरु

जेष्ठ २६, २०८२

गत शुक्रबार अर्थात् जेठ २३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘जन्ते बाख्रो’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । सिनेमाको निर्माण टिम कलाकार सहित शुक्रबार तथा शनिबार दर्शकको राम्रो चाप देखिएको हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको थियो ।

अभिनेताद्धय सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमाले दर्शकबाट ‘उत्कृष्ट वडअफ माउथ’ पाएको छ । दर्शकको वर्डअफ माउथ उत्कृष्ट मिलेकाले आज वीक डेजमा समेत सिनेमाको व्यापार राम्रो हुने अपेक्षा निर्माण टिमको छ । दर्शकसँग साक्षात्कार गर्न हल पुगेका कलाकारसँग सेल्फी खिच्न तछाड मछाड नै चलेको थियो ।

सिनेमाका हेरेका अधिकांश दर्शकले अभिनेता सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको अभिनयको तारिफ गरेका थिए । यस्तै, निर्देशक सिमोस सुनुवारको निर्देशकिय पाटो समेत प्रशंसा गरेका हुन् । यत्ति राम्रो मौलिक तथा पुरानो संस्कृतीलाई समेटेर पूर्ण मनोरञ्जनात्मक नेपाली सिनेमा निर्माण गरेको भन्दै निर्माता सन्तोष गौतमको समेत तारिफ दर्शकले गरेका थिए ।

दर्शक प्रतिक्रियाले उत्साहित बनाएको सिनेमाका मुख्य कलाकार, निर्माता तथा निर्देशकको भनाई थियो । ‘हामीले सिनेमा राम्रो बनाएको प्रतिक्रिया पाएका छौं । दर्शकले हेरेपछि प्रवाह हुने ‘वर्ड अफ माउथ’ ले हाम्रो सिनेमाको राम्रो प्रचार भयो भन्नेमा विश्वस्त छौं । हामीले इमान्दारिताका साथ् विना सम्झौता सिनेमा निर्माण गरेका थियौं,’ निर्माता गौतमले भने ।

प्रदीप भारद्वाजको लेखनमा तयार भएको सिनेमामा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

‘जन्ते बाख्रो’ ले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी-दुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ । फिल्मका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ दर्शकमाझ लोकप्रिय छन् । ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया पाएकाले हलमा दर्शकको उपस्थिती सुखद् देखिएको हो ।

मुईन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायाङ्कन निर्देशन, उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया