Close sidebar

राज कटुवाललाई भेटेपछि किन रोए यूवती ?

जेष्ठ १९, २०८२

फिल्म ‘नरसिंहाः अवतार’ रिलिज भएपछि यसका नायक राज कटुवालको कामको चर्चा भइरहेको छ । राज कटुवाल फिल्मका लागि देश दौडाहामा समेत पुगेका छन् ।
यो फिल्मलाई आफ्नो डेब्यू फिल्म भन्दै आएका राजले यसपटक दर्शकको अपार माया पाएका छन् ।

काठमाडौंको एफक्यूब हलमा पुग्दा राजलाई भेटेर युवती फ्यान धरधरी रोए । यो दृश्य अहिले सामाजिक संजालमा समेत चर्चामा छ ।
युवतीहरुले राजको लुक्स, एक्सन र क्लाइमेक्सको दृश्यले छोएको बताएका थिए । क्लाइमेक्स राजले भोगेको पीडा देखेर युवतीहरुको मन छोएको थियो । उनै, राजलाई हलमा भेट्न पाउँदा युवतीहरुले मन सम्हाल्न सकेनन् ।

यता, धनगढीमा केही दिन अगाडि पुगेका राजलाई दर्शकले जुरुक्कै  उचालेका थिए । नेपाली फिल्मका दर्शकहरुबाट पाएको माया र साथले राज उत्साहित छन् । उनले भने–‘म त  निकै नै खुशी छु । दर्शकहरुले यति धेरै प्रेम दिनुहुन्छ जस्तो लागेको नै थिएन । एउटा कलाकारले प्राप्त गर्ने भनेको नै माया हो । यही माया मैले पाएको छु ।’
राजले आगामी दिनमा आफूले अझै मिहिनेत गरेर काम गर्ने बताए । भने–‘दर्शकहरुबाट यस्तो अथाहा प्रेम पाउँछु भन्ने सोचेको नै थिइनँ । अब, मैले अझै जिम्मेवारीका साथ काम गर्नुपर्छ भन्ने महशुश गरेको छु ।’

यो फिल्मका लागि राजले  निकै मिहिनेत समेत गरेका थिए । सोही मिहिनेतको प्रतिफल अहिले उनले पाइरहेका छन् । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, राज कटुवाल, सनिषा भट्टराई, नीति शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, नीर शाह, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, दीपक प्रसाद ढकालको लगानी छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया