Close sidebar

चलचित्र ‘परी’को शुभ मुहुर्त

जेष्ठ १८, २०८२

गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘परी’को शुभ मुहुर्त भएको छ। काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पुजाअर्चना गर्दै मुहुर्त गरिएको हो।

मुहुर्तका कार्यक्रममा फिल्मका मुख्य कलाकार किरण केसी,दीपाश्री निरौला,लक्ष्मी गिरी,दीपक अधिकारी,रेणु दुलाल लगायतको उपस्थिति रहेको थियो।

मुर्हुृत कार्यक्रममा किरण केसीले फिल्मको स्क्रिप्ट पक्ष एकदमै राम्रो लागेर काम गर्न लागेको बताए। ‘यो फिल्मको स्क्रिप्ट पक्ष त एकदमै राम्रो छ,’उनले भने,‘साँच्चिकै भन्ने हो भने पनि दीपा र हामीले यतिको स्क्रिप्टमा मेहनत गरेका थिएनौँ। जति डिरेक्टर साप गौतमले गर्नु भएको छ।’

दीपाश्री निरौलाले सबैले स्क्रिप्ट पक्षमा मेहनत गर्ने बताईन्। उनले पनि फिल्मको कथा मन परेकै कारण फिल्ममा काम गर्न राजी भएको बताईन्।

‘हामीले मात्र होइन सबै पक्षले नै स्क्रिप्टमा मेहनत गर्यो भने फिल्म वाहु भन्ने बन्छ। फिल्म वाहु भएपछि दिनानु दिन निर्माताहरु थपिनु हुन्छ। र राम्रो राम्रो प्रोडक्ट पनि थपिन्छ। त्यसका लागि सबैले मेहनत गर्नुपर्छ,हामीले मात्र होइन। यो फिल्मको स्क्रिप्टमा निर्देशक गौतम साबले धेरै मेहनत गर्नुभएको छ।त्यसैले खेल्न राजी भए।’

यस फिल्ममा किरण,दीपा बाहेक अन्यमा प्रियंका कार्की,निदेश डिसी, दिग विजय केसी,श्याम राई,घनश्याम गिरी,दीपक अधिकारी,रेणु दुलाल,संगम गौतम,जेशिका पोखरेल,निशा गौतम,अर्नव नागिलाको अभिनय रहने छ।

निर्देशक गौतमले यो फिल्मको छायांकन यहि जेठ २८–२९ गतेबाट थाल्ने योजना रहेको बताए। दोलखा र तनहुँ आसपासमा छायांकनको तयारी थालिएको उनको भनाई छ। हामीले कल्पना गरेका परिको कथालाई नै आधार मानेर कथाले भन्नेछ।

बाबु श्रेष्ठको छायांकन रहने यस फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ। फिल्ममा द्धन्द्ध रोशन श्रेष्ठ,संगीत दीपक शर्मा र विकास चौधरीको  छ भने गायन डाक्टर खेम क्षेत्री,रचना रिमाल,डाक्टर महेन्द्र भट्टको छ। गीत आनन्द अधिकारीको छ।

मेकअप सरोज पाण्डे,केश विन्यास,प्रिया कार्कीको रहने यस फिल्ममा प्रोजेक्ट म्यानेजर सुवास काफ्लेको छ। यसका मुखय सहायक निर्देशकको जिम्मा चन्द्र भण्डारीले लिएका छन्।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया